“संसद बिघटनाकाे बिरुद्ध डडेल्धुरा ने वि संघ निरन्तर सडकमा हिजाे पुत्ला दहन अाज राके जुलुस”



डडेल्धुराः सरकारले संसद् बिघटन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेपछि देशभर राष्ट्रपतिसहित प्रधानमन्त्री ओली विरुद्ध हिजाे देखि प्रदर्शन भइरहेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि ने वि संघ डडेल्धुराले विरोध प्रदर्शन गरेकाे नेवि संघ डडेल्धुरा का कार्यवहाक सभापति महरकाे भनाइ छ ।
राष्ट्रपतिले गैर संवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघ डडेल्धुराले पनि हिजाे राष्ट्र पति र प्रधानमन्त्री दुबैका पुत्ला दहन गरेको थियाे र अाज राके जुलुस निकालेकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन ।संसद बिघटन संबिधान बिपरित भएकाे भन्दै अाफुले प्रदर्शन हिजाे र अाज निरन्तर गरेकाे ने वि संघ डडेल्धुराका कार्यवहाक सभापति महराले जानकारि दिनुभयाे ।


























