पछिल्लो २४ घन्टामा नेपालमा थप ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७९ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय ७६ पुगेको छ ।
Views: 127

























