कैलालीको गोदावरी नगरपालिकाबाट एकैदिन ४ बालक हराएका छन । घरमा विद्यालय जान्छु भनी हिडेका वालकहरु आइतबार बिहानबाट सम्पर्क विहिन भएका हुन ।



बेपत्ता हुनेमा गोदावरी नगरपालिका–२ मा रहेको ज्ञान ज्योती विद्यालयको कक्षा ८ मा अध्यनरत गोदावरी नगरपालिका १५ वर्षीय दिपक साउँद, सोही ठाउँ बस्ने दिपक बोहरा, प्रकास साउँद र वडा नम्बर २ तेघरी बस्ने पुष्कर भट्ट रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार बिहान ९ बजे घरबाट विद्यालय जान भनेर झोला बोकेर हिडेका उनीहरु विद्यालय पुगेनन् । साँझसम्म घर नफर्किएपछि बालकहरुका अभिभावकले प्रहरीमा निवेदन दिएका छन ।
परीवारले निवेदन दीएपछि बालकहरुको खोजी कार्य थालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
Views: 141

























