२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

बिघटित प्रतिनिधि सभामा सुदूरपश्चिममा नेकपा अध्यक्ष केपी शर्मा ओलीको पकड

बिघटित प्रतिनिधि सभामा सुदूर पश्चिममा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पकड देखिएको छ ।
सुदूर पश्चिम प्रदेश सभामा भने ओली पक्ष कमजोर छ ।

सुदूरपश्चिमबाट नेकपाका तर्फबाट बिघटित प्रतिनिधि सभामा १९ जना सांसद थिए । ओली पक्षले बिघटित प्रतिनिधि सभामा १४ जना पूर्व सांसद आफ्नो पक्षमा रहेको दावी गरेको छ ।

नेकपाका स्थायी कमिटि सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट (कैलाली), भैरव बहादुर सिंह (बझाङ),लाल बहादुर थापा (बाजुरा) र गणेश ठगुन्ना (दार्चुला) ओलीको समर्थनमा छन् । 

डोटीका प्रेम आले, बैतडीका दामोदर भण्डारी, कञ्चनपुरका नरबहादुर धामी, निरु पाल, बिनादेवी बुढाथोकी, कैलालीका नारदमुनी राना, लक्ष्मी चौधरी, डडेल्धुराकी निरादेवी जैरु, बझाङकी आशा बिक पनि ओली पक्षमा रहेको नेकपाका एक केन्द्रीय सदस्यले पश्चिम टुडेलाई बताए ।

नेकपाका सुदूर पश्चिम ईञ्चार्ज भीम रावल कैलालीबाट निर्बाचित झपट रावल, गौरीशंकर थारु, अछामका यज्ञ बोगटी र कञ्चनपुरबाट निर्बाचित दीपक प्रसाद भट्ट, पार्टी अध्यक्ष दाहालकी बुहारी संघीय सांसद तथा पूर्व खानेपानी मन्त्री बिना मगरले प्रचण्ड– माधव समूहलाई साथ दिएकी छन् । 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।