२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

सरकारलाई चारैतिरबाट घेराबन्दीमा पारिएपछि प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई चारैतिरबाट घेराबन्दीमा पारिएकाले प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् ।

सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै सरकारले गरेका कतिपय प्रस्तावमाथि संसद्‍मा छलफल गर्न पनि नदिइएकाले प्रतिनिधिसभा विघटन गरिएको दाबी गरेका हुन् ।

उनले सम्बोधनका क्रममा भने, ‘विगत केही महिनादेखि सरकारलाई कस्तो घेराबन्दीमा पारियो भन्ने तपाईंहरुलाई नै थाहा छ । प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास गरियो, पार्टी अध्यक्ष तथा संसदीय दलका नेतालाई थाहै नदिई संसद् अधिवेशन बोलाउन खोजियो ।’

लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नक्सा प्रकाशन लगायतका थुप्रै राष्ट्रवादी काम हुँदासमेत सरकारलाई घेराबन्दीमा पारिनु विडम्बणापूर्ण भएको उनले बताए । उनले सत्तापक्षकै कतिपय नेता प्रतिपक्ष दलका नेताभन्दा पनि आक्रामक रुपमा लागेको पनि आरोप लगाए ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री बन्ने तयारीमा रहेका पार्टीका नेता र प्रतिपक्ष दललाई पनि नयाँ निर्वाचनले आफ्नो लोकप्रियता मापनका लागि सहयोग गर्ने दाबी गरे ।

विगतका तितामिठा अनुभवलाई चुनावमा जान पनि उनले असन्तुष्ट पक्षलाई आग्रह गरेका छन् । ‘निर्वाचनको घोषणले पार्टी एकतालाई थप बलियो बनाउने अपेक्षा गरेको छु ।

पार्टी एकता हुनुमा, पार्टी पहिलो हुनुमा, पार्टीले विशाल जनसर्मथन प्राप्त गर्नुमा केपी ओलीको कुनै योगदान छैन, हामी पो निर्णायक हौँ भन्ने कमरेडहरुलाई पनि लोकप्रियता र क्षमताको मापन गर्ने अवसर यसले प्रदान गर्नेछ,’ उनले भने ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।