२०८३ भाद्र १२ शुक्रबार
२०८३ भाद्र १२ शुक्रबार

वैशाखमा चुनाव हुनेवाला छैन, देश अँध्यारो सुरुङमा फसिसक्यो : भट्टराई

पूर्व प्रधानमन्त्री तथा जनता समावादी दलका नेता डा। बाबुराम भट्टराईले कुनै पनि हालतमा वैशाखमा चुनाव हुने सम्भावना नभएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर निर्वाचनको मिति घोषणा गरे पनि वैशाखमा चुनाव हुन नसक्ने भट्टराईले दावी गरेका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेता भट्टराईले देश अँध्यारो सुरुङमा फसिसकेकाले चुनाव हुने सम्भावना नभएको बताए । उनले भनेका छन्, ‘वैशाखमा चुनाव हुनेवाला छैन । देश अँध्यारो सुरूङमा फसिस्क्यो।’

यस्तै संवैधानिक र कानुनी उपचारको झिनो आशा भए पनि यसै भन्न नसकिने उनको भनाइ छ । उनले अघि भनेका छन्, ‘संवैधानिक र कानुनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न । दिगो उपचार राजनीति नै हो ।’

अहिले संसद् नै बैध हुने तर्क गरेका छन् । उनले थपेका छन्, संगठित, एकीकृत र शसक्त प्रतिरोध र प्रतिनिधिसभाको बैठक ९जनताको निहित सार्वभौमसत्ताको प्रयोगः जो हिजो राजाको निहित सार्वभौम सत्ताका प्रयोग ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।