धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीको टोलीले अवैध सामान बरामद गरेको छ ।



जिल्लाको बेलडाँगी गाउँपालिका –२ र पुनर्वास नगरपालिका –४ बाट प्रहरीले एक लाख ५३ हजार मूल्य बराबरको अवैध रूपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको सामान बरामद गरेको हो ।
आइतबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वाटर शैलेश्वरीबाट सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशी र सशस्त्र प्रहरी नायव निरीक्षक भुवनेश्वर पन्तको नेतृत्वको गस्ती टोलीले बोईलर कुखुराको मासु, माछा २२५ किलोग्राम र मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए ।
बरामद गरिएको समान त्रिनगर भन्सार कार्यालय र पशु क्वारेनटाइन कार्यालयमा कारबाही का लागी पठार्ईको जनाईएको छ ।
Views: 143


















