२०८३ भाद्र १२ शुक्रबार
२०८३ भाद्र १२ शुक्रबार

आज वर्षको सबैभन्दा छोटो दिन, यस्तो छ वैज्ञानिक तथ्य

काठमाडाै‌ं: आज विन्टर सोल्सटिस अर्थात वर्षको सबैभन्दा छोटो दिन। गत वर्ष यो २२ डिसेम्बरमा परेको थियो। यसपालि २१ डिसेम्बर अर्थात सोमबार परेको छ। यसअघि २०१७ मा पनि यो २१ डिसेम्बरमै परेको थियो।

मानिसहरूलाई लाग्न सक्छ, दिन पनि लामो र छोटो कसरी हुन्छ? सोल्सटिसको अर्थ के होला? यस विषयमा वैज्ञानिक तथ्य यस्तो छः

दिन छोटो वा लामो हुनुमा पृथ्वी कता ढल्किएको छ, त्यसले ठूलो अर्थ राख्नेगर्छ। पृथ्वी मात्र होइन, सोलार सिस्टमको हरेक ग्रह विभिन्न कोणमा झुकेको हुन्छ। पृथ्वी पनि आफ्नो एक्सिसमा २३.५ डिग्री झुकेको हुन्छ।

पृथ्वी आफ्नो एक्सिसमा ढल्किएको कारण, उसले आफ्नो दुरीमा लगाउने चक्करका कारण कुनै एक ठाउँमा पर्ने सूर्यको किरणको समय वर्षमा बेग्ला–बेग्लै पर्नेगर्छ। यसै कारण वर्षमा एकपल्ट दिन लामो र छोटो हुन्छ।

आज उत्तरी गोलाद्र्धमा पर्ने देशमा वर्षको छोटो दिन हुनेछ। यस्तै, दक्षिणी गोलाद्र्धमा पर्ने देशमा भने दिन लामो हुनेछ। अस्ट्रेलिया, न्युजिल्याण्ड र दक्षिण अफ्रिका जस्ता देशमा आज वर्षको सबैभन्दा लामो दिन हुनेछ।

काठमाडौंमा आज ६ बजेर ५० मिनेटमा सूर्य देखिएको थियो। आज सूर्य ५ बजेर १४ मिनेटमा अस्ताउने छ। पृथ्वीलाई एक चक्कर लगाउन पुरै ३६५.२५ दिन लाग्ने गर्छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।