२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

गृहमन्त्री थापासहित ३ मन्त्रीलाई भेटेर फर्किए ओली

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतका मन्त्रीहरूलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री निवासबाट  निस्किएका छन् ।  गृहमन्त्री बादललाई भेट्न पुल्चोकस्थित मन्त्रीनिवास पुगेका प्रधानमन्त्री ओली केहीबेर अघि मन्त्री निवासबाट बाहिरिएका हुन् । 

भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ पनि सहभागी भएका थिए । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनकै निवास खुमलटारमा भेटेर  ओली गृहमन्त्री थापालाई भेट्न  गएका थिए ।

नेकपाभित्र चर्किएको विवाद समाधान हुन नसकिरहेको बेला शीर्ष नेताहरूबीच भेटवार्ता तीव्र भएको छ । ओली फर्किएपछि खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग प्रचण्डले छलफल गरिरहेका छन् ।

नेकपा स्थायी कमिटी बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेपनि ओलीले फिर्ता नलिएपछि विवाद चर्किंदै गएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।