२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

सेती प्रयोगशालामा थप ४० जनामा संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालामा शनिबार २ सय ७० नमूना परीक्षण गर्दा कैलालीका ३३ सहित ४० जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका थप ८ जनामा संक्रमण देखिएको जानकारी दिए ।

यस्तै कैलालीकै गौरीगंगा नगरपालिकाका १९ जना, गोदावरी नगरपालिकाका ४ जना, घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिकाका १÷१ जनामा भाइरसको संक्रमण देखिएको छ । 

उता कञ्चनपुरको बेदकोट नगरपालिकाका ५ जना, शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकाका १÷१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।