गुल्मी/गुल्मीमा अटो रिक्सा दुर्घटना हुँदा गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते रेसंगा –२ का परियारको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा शनिबार बिहान ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।



दुर्घटनामा अर्का घाइते १७ वर्षका सुनिल बिकको प्रभासमै उपचार भइरहेको छ । रेसुङगा नगरपालिका –१२ का २७ वर्षका रमेश खत्री, रेसुंगा नगरपालिका –२ का १६ वर्षका रोशन परियार गुल्मी अस्पतालमा उपचारपछि घर फर्किनुभएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनकारि दिएको छ।।
Views: 126

























