२०८३ मंसिर १२ शुक्रबार
२०८३ मंसिर १२ शुक्रबार

सडक संञ्जाल पुगेपछि पिठ्युमा भारि बाेक्ने समस्या हट्याे , चुल्ल , सिराडका फलफुल पायाे बजार ।

दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुराकाे भागेश्वर गाउँपालिकाकाे वडा नम्बर ५ र ४ फलफुल का लागि पकेट क्षेत्र मानिन्छ । यहाँका चुल्ल, सिराड, गरालि, लेकुडा क्षेत्रमा माैसम , सुन्तला , कागति लगाउने पेसा गरेका छन् ।
सिजनमा माैसम सुन्तला बेचेर एक परिवारले पचास हजार भन्दा माथि कमाउने गरेकाे स्थानिय दुर्गा जाेशिले बताउनु भयाे ।
जाेशि भन्छन् ” सिचाईका लागि पानीकाे व्यवस्था नहुदा फलफुलहरु चाडाे नै सुक्ने , फल झर्ने अादि समस्या देखा पर्ने गरेकाे छ”।

के भन्छन् स्थानिय सरकारलाई यहाँका स्थानिय –
डडेल्धुरामा फलफूल पकेट क्षेत्रका रुपमा चिनिएकाे यश क्षेत्रमा दुई बर्ष अगाडि सडक संञ्जाल नहुदा अाफुल उत्पादन गरेकाे फलफुल सदरमुकाम बगरकाेट सम्म लैजानुका लागि घाेडा या अाफुले नै पिठ्युमा लैजानु पर्ने बाध्यता हटाई दिएकाेमा स्थानिय सरकारलाई धन्यवाद दिन चाहान्छाै र यस पकेट क्षेत्रका लागि विशेष याेजना ल्याउनुका लागि समेत अनुराेध गर्दछाै ।

यस बिषयमा भागेश्वर गाउँपालिका अध्यक्ष के भन्छिन त –
“हामीले त्यहा सडक जाेडेका छाै सिचाइका लागि चुल्ल क्षेत्रमा ४५ लाखको पाईप टेन्डर भई पाईप खाेदानकाे काम हुँदै छ अब छिट्टै सिचाइ हुने छ यस्तै सिराड क्षेत्रमा पनि गाउँपालिकाले याेजना तयार पारेकाे । त्यहाका स्थानियहरु लाई थप व्यवसायिक बनाउनुका लागि तालिम काे पहल गरिने छ । यहाका फलफुल क्षेत्रलाई थप उत्पादन मुलक बनाईने र यहाँ उत्पादन भएकाे फलफुल व्यवस्थापनका लागि भागेश्वर गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियाेजनाकाे सयुक्त लगानिमा काेल्ड स्टाेर पनि निर्माण गरिदै छ “।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।