२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

२०२१ लाई भ्रमण वर्षका रूपमा अगाडि बढाइने : योगेश भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उडड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रूपमा अगाडि बढाइने बताएका छन् ।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले आज आयोजना गरेको ‘पर्यटनमा कोभिड–१९ को प्रभाव र भावीकार्यदिशा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रमा कोभिड–१९ को महामारीको असर परेको उल्लेख गरे ।

उनले भने–“अब बल्ल कोरोना भाइरस विरुद्धको खोप प्रयोगमा आउन शुरु भएको छ । खोप शुरु भएपनि अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन, यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिने भनेकै आन्तरिक पर्यटकले हो ।”
कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी डा धनञ्जय रेग्मी, होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष सृजना राणा र मन्त्रालयका अधिकृत रचना प्रधानले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि मन्त्रालयका सहसचिवद्वय बुदिसागर लामिछाने, कोमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र डा विजय पौडेलले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाका, निजी क्षेत्रका प्रतिनिधि तथा कर्मचारीका विभिन्न सङ्घ्, सङ्गठनका प्रतिनिधीले पनि आ–आफ्ना धारणा राख्नुभएको थियो । रासस

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।