कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन ।



लम्कीचुहा नगरपालिकाको डुडेझारी नजिकै सडकखण्डमा से४प ७८४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहितका २ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा चालक जानकी गाउँपालिका–९ का ४३ वर्षीय मीनबहादुर भुल र पछाडी सवार सोही ठाउँ बस्ने ३२ वर्षीय गोविन्द भुल रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।
घाइते दुवै जनालाई लालरत्न अस्पतालमा सामान्य उपचारपछि कोहलपुर रेफर गरिएको छ ।
Views: 152

























