२०८१ आश्विन २१ सोमबार
२०८१ आश्विन २१ सोमबार

कहिले चाउचाउ त कहिले चुईगम दिएर बालिका बलात्कृत

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका –४ की १५ वर्षीय बालिका बलात्कृत भएकी छन्। मानसिक अवस्था सुस्त रहेकी बालिकालाई चाउचाउ र चुईगम दिएर गत फागुनदेखि निरन्तर बलात्कार गरिएको खुलेको छ।
उनलाई सोही ठाउँका नाता पर्ने दुई जनाले बलात्कार गरेको बालिकाले बताएकी छन्। दिउँसो गाईबाख्रा चलाउन गएको समयमा आरोपित दुवै जनाले कहिले चाउचाउ त कहिले चुईगम दिएर बलात्कार गर्ने गरेको बालिकाले बताइन।
बालिकाको महिनावारी रोकिएको र बालिकाको स्वास्थ्यमा समस्या देखापरेपछि स्वास्थ्य चेकजाँच गराउदा ४ महिनाको गर्भ रहेको जानकारी पाएको पिडित बालिकाकी आमाले बताइन। नातामा आफन्त पर्ने दुवैले बलात्कार गरेको कुरा कसैलाई भने ज्यान मार्ने धम्की दिएकोले कसैलाई नभनेको पिडीत बलिकाले बताइन।
आरोपित दुवै जना विरुद्ध साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा पिडित बालिकाका आफ्न्तहरुले उजुरी दर्ता गराएका थिए। प्रहरीले आरोपितहरुमध्ये एक जनालाई सोही दिन र अर्कालाई शनिबार पक्राउ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक विरेन्द्र बहादुर बोहराले बताए। ‘दुवै जना बालिकाका नाता पर्ने रहेछन्, एक जना हजुरबुवा एक जना काका। उजुरीपछि दुवै जनालाई पक्राउ गरी सम्मानित अदालतबाट १० दिनको म्याद थप गरेर घटनाबारे अनुसन्धान भइरहेको छ’ उनले भने।
Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।