२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

बिहान ‘ब्रेकफास्ट’ नगर्दा शरीरमा आउन सक्छन् यस्ता समस्या

बिहानको नास्ता दिनभरका लागि सबैभन्दा महत्त्वपूर्ण भोजन हो । स्वस्थकर नास्ताले मानिसको शरीरलाई दिनभर उर्जावान र जाँगरिलो बनाउँछ । बिहानको नास्ताले मानिसमा तनावको स्तर पनि कम गराउँछ । बिहान नास्तामा पोषणयुक्त खानेकुराको सेवन गर्न आवश्यक छ । त्यसैले, दूध, नट्स, दालयुक्त खानेकुरा, फलफूल, अण्डा जस्ता प्रोटिनयुक्त खानेकुरा खाने गर्नुपर्छ । त्यसैले बिहानको नास्ता नगर्दा शरीरका अंगहरुमा विभिन्न प्रकारका समस्या आउन पनि सक्छन् ।

हृदयरोगको कारण
अध्ययनका अनुसार बिहान स्वस्थकर खानेकुरा नखाँदा हृदयसम्बन्धी रोगहरुको खतरा बढ्न सक्छ । बिहानको नास्ता नखानेहरुमा स्वास्थ्यसम्बन्धी समस्याहरु बढ्न सक्छ ।

टाइप–२ मधुमेहको उच्च जोखिम
हार्वर्ड युनिभर्सिटी स्कुल अफ पब्लिक हेल्थको एक अध्ययनअनुसार बिहानको नास्ता नगर्नेहरुमा टाइप–२ मधुमेह शरीरमा विकसित भएको थियो । जसले बिहानको नास्ता खान छोडेका थिए उनीहरुमा ५४ प्रतिशत धेरै उक्त मधुमेहको सम्भावना थियो । यो अध्ययनमा ४६, २८९ जना महिलाहरु सहभागि थिए ।

मोटोपनको कारण
अध्ययनका अनुसार बिहानको नास्ता गर्न छोड्दा तौल बढ्ने सम्भावना झनै अधिक हुन्छ । तौल कम गर्न सन्तुलित रुपमा बिहानको नास्ता गर्न आवश्यक छ ।

कपाल झर्ने
बिहानको नास्तामा प्रोटिनयुक्त खानेकुरा खाँदा कपाल समेत स्वस्थ रहन्छ । साथै, केराटिनको स्तर पनि बढ्छ । तर बिहान नास्ता नगर्दा केराटिनको स्तर प्रभावित हुने र कपालको वृद्धि रोकिने भएकाले बिहानको नास्ता खान छोड्नुहुँदैन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।