२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍यो

काठमाडौं, ३ पुष । काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । बिहान पौने ७ बजेको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको हो ।
यो यस वर्षकै न्यून तापक्रम मापन भएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । उनका अनुसार तापक्रममा अहिले केहीबेरपछि घटबड हुन पनि सक्नेछ । पश्चिमी तराई भू-भागका अधिकांश स्थानहरुमा शुक्रबार बिहानीपख बाक्लो हुस्सु कुहिरो लागेको छ ।

बाँकी तराई भू-भागका एक दुइ स्थानहरुमा हल्का हुस्सु–कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश न १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।