२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

बैतडीका जनप्रतिनिधीले लेखे प्रधानमन्त्री ओलीलाई पत्र

बैतडी : बैतडीका जनप्रतिनिधीहरुले पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन्।

२८ वर्षदेखि अलपत्र रहेको ७५० मेगावाट क्षमताको राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि बैतडीका ३ स्थानीय तहका जनप्रतिनिधिले पत्र लेखेका हुन।

जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र मेलौली नगरपालिकाका जनप्रतिनिधीले प्रधानमन्त्रीलाई पत्र लेखेको थलीका संयोजक यादव जोशीले बताए।बोलन्या थलीले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहहरुबाट पत्र संकलन गरेर प्रधानमन्त्रीलाई १ लाख पत्र बुझाउने अभियान चलाएको छ।

बोलन्या थली पश्चिम सेती निर्माणको लागी संघर्ष गर्दै आइरहेको मञ्च हो। थलीले हालसम्म माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल, सङ्गीत सङ्घर्ष कार्यक्रम गरिसकेको छ।त्यसैगरी सरकारको खोजीको लागि भन्दै डोटीमा दिउँसै टुकी बालेर प्रदर्शन तथा ‘डोटीका सपनाका ७५० डोका’ आन्दोलन पनि गरिएको थियो।

यस्तै ‘पश्चिम सेतीका लागि सुदूरपश्चिम दौडिन्छ’ नाराका साथ २०७८ वैशाख १ गते काठमाडौँमा म्याराथन आयोजन गरिने संयोजक जोशीले जानकारी दिए।

No description available.

 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।