२०८३ भाद्र २ मंगलवार
२०८३ भाद्र २ मंगलवार

राष्ट्रिय परिचय पत्रका लागि गुल्मीमा ४३ हजारको विवरण संकलन

गोकर्ण पाण्डे/गुल्मी- राष्ट्रिय परिचय पत्रका लागि गुल्मीमा ४३ हजार बढीको विवरण दर्ता भएको छ । जिल्लाका ४ स्थानीय तहमा राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्य सम्पन्न हुँदा ४३ हजार २९४ जनाको विवरण संकलन भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

अहिले जिल्ला सदरमुकाम तम्घासबाट गरिएको सेवालाई शिविरको रुपमा स्थानीय तहबाट राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्यलाई तीव्र पारिएको छ ।

जिल्लाका गुल्मीदरवार, धुर्कोट, मदाने र छत्रकोटमा दर्ता संकलन कार्य सम्पन्न भएकोसम्पन्न भएका जसअनुसार गुल्मीदरवार गाउँपालिकामा ११ हजार ९०५ जनाको विवरण दर्ता संकलन गरिएको छ । त्यस्तै धुर्कोट गाउँपालिकामा १० हजार ७७० जनाको विवरण दर्ता संकलन गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत पन्थी जानकारी दिए ।

मदाने गाउँपालिकामा ९ हजार ७८० जनाको संकलन गरिएको छ । त्यस्तै छत्रकोट गाउँपालिकामा १० हजार ८३९ जनाको विवरण दर्ता संकलन गरिएको छ ।

जिल्लामा रहेका १२ वटा स्थानीय तहमध्ये रुरुक्षेत्र गाउँपालिकामा र मालिका गाउँपालिकामा विवरण दर्ता कार्य सुरु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।