असिम पौडेल, कास्की / पोखरामा थप १ जनाको कोरोना संक्रमणबाट मूत्यु भएको छ । पछिल्लो समय कोरोनाबाट पोखरामा ज्यान गुमाउनेमा कास्की अन्नपूर्ण गाउँपालिका ३ का ६८ वर्षीय वृद्ध रहेका छन् । उनको उपचारका क्रममा आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । उनलाई मंसिर २९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या १८७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । 



Views: 265




















