सशस्त्र प्रहरीले कैलालीमा करिब ५ लाख बराबरको अवैध सामान र मोटरसाइकल बरामद गरेको छ।



जिल्लाको टीकापुर नगरपालिका–८ सत्तिचोक इलाकाबाट भन्सार छलेर ल्याइएका इलेक्ट्रोनिक सामान र मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ ।
कैलालीमा भन्सार छलेर ल्याउदै गरेको ४ लाख ९९ हजार ६ सय ६० बराबरको सामान र मोटरसाइकल बरामद गरिएको हो।
Views: 180

























