कञ्चनपुर- कञ्चनपुरमा अवस्थित दोधारा चाँदनी नगरपालिका क्षेत्र १ हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।



उक्त नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएपछि नगरक्षेत्र बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए ।
सिजालीका अनुसार आज दिउँसो बसेको बैठकले पुष ३ देखि १ हप्तासम्मका लागि अत्यावश्यक काम बाहेक सबै क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
बन्दको समयमा बैंक तथा वित्तिय संघसंस्था र व्यापारिक पसलहरू बिहान १० देखि दिउँसो १ बजेसम्म मात्र सञ्चालन गर्न सकिने निर्णय गरिएसमेत सिजालीले बताए ।
Views: 154




















