अत्तरिया- गोदावरी नगरपालिकामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।वडा नम्बर ४ का ३० बर्षीय पुलसिंह कसेपको करेन्ट लागेर मृत्यु भएको हो ।
उनलाई आफ्नै वल्डिङ पसलमा काम गर्ने क्रममा करेन्ट लागेको मालाखेती प्रहरीका डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए ।
करेन्ट लागेर घाईते भएका पुलसिंहको पदमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पु¥याएको छ ।
Views: 38