सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज गरिएको परीक्षणमा ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ सय ८ स्वाब नमूना परीक्षण गर्दा २० महिला र ३७ पुरुष गरी ५७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।



उनका अनुसार आज धनगढी उपमहानगरपालिकाका सबैभन्दा बढी १२, कैलालीको भजनी नगरपालिकाका ५जना, गोदावरी नगरपालिकाका, कैलारी जानकी गाउँपालीकाका २/२जना, टिकापुरका एक जना र कैलालीको स्थानीय तह नखुलेका ७ जनामा पनि कोरोना पुष्टि भएको उनले जानकारी दीए ।
यस्तै कन्चनपुरको भीमदत्त नगरपालिकाका ४ जना, बेतकोटका २ जना, कृष्णपुर नगरापालिका र शुक्लाफाँटाका १/१ जनामा संक्रमित पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
कञ्चनपुरको स्थानीय तह नखुलेका ३ जनामा पनि संक्रमण पुष्टी भएको हो । उता बाजुराका १४ र दार्चुलाका एक जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।




















