२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

ग्राबेल गर्दा बालुवा सिमेन्ट भन्दा बढी माटो मिसाईंदै

निल खत्री गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ०२ को बाझकटेरी पन्चमी पोखरी देखि सोईरे सम्म ग्राबेलको काम सुरु भएको छ । केही दिन अगाडि देखि सुरु गरिएको ग्राबेलमा गिट्टि , बालुवा ,सिमेन्ट भन्दा बढी माटो प्रयोग गरि काम गरिएको मदाने गाउँपालिका वडा नम्बर ०१ का वडा अध्यक्ष प्रेम चन्द बोहोराले बताउनु भएको छ । अग्लुङ्ग् सम्म पुनः ग्राबेल गराउने तरिकाले लागेको ,ठेगेदार र गाउँपालिकाको समन्वयमा काम गरेको तर काम गर्दै गर्दा माटो बढी प्रयोग गरेको चन्द बताउछन। यातायातको हिसाबमा तथा गाउँपालिका अनुसार अग्लुङ्ग साबिकको बिकट गाबिस भए पनि मदाने गाउँपालिका वडा नम्बर ०१ को तरिकाले चिनिने गर्दछ । बिकासले तिब्रता लिदै गर्दा पछिल्लो समयमा अग्लुङ्ग पनि बिकासका गतिले अगाडि बढेको उहाँ बताउनु हुन्छ । अध्यक्ष भन्नू हुन्छ बिकासका काम गरिरहेको छु धेरै काम गर्दै गर्दा केही सन्तुष्ट पनि छु । बाझकटेरी देखि अग्लुङ्ग फेदि सम्म आफ्नै कार्यकालमा सके पिज नसके ग्राबेल काम छिटो ढिलो एक्दिन हुने बताउनु भएको छ। मलाई चित्त नबुझेको काम जनतालाई पक्कै मन पर्दैन होला ,हिजो मात्र सोही ठाउँमा पुगे बढी माटो मिसाएको देखिएकोले पालिका सम्म यो काम ठिक भएन भनेर जानकारी गराएको छु । अबस्य पनि गाउँपालिकाले यो कुरालाई सकारात्मक तरिकाके लिनेछ छ र काम सहि तर्फ गर्नेछ । भन्दा,सुन्दा अग्लुङ्ग बिकासले धेरै पछाडी परेको भने पनि खानेपानी ,विद्युत , स्वास्थ र यातायातको कुनै पनि समस्या नरहेक्क बताउनु भएको छ। चन्द भन्नू हुन्छ दुख लागेको छ यो एक हप्ताको लागि गुल्मी यातायात र अर्घाखाँची यातायातका गाडी सङ्ग म्यालपोखरी देखि बसुन्धारा हुँदै अग्लुङ्ग फेरि एक हप्ताको लागि केही भाडा रकम बढाउनु परेकोमा अनुरोध गरेको छु। एक हप्ताको लागि बाटो लामो परेपनी सोही तर्फ हुँदै जान आउ र अग्लुङ्गका जनताको लागि कुनै समस्यामा रोक नपर्ने बताउनु हुन्छ। ग्राबेल हुनु भनेको गाडी हरुको लागि पिज सरह हो पहिले जस्तो समस्या पर्दैन। केही सनय भित्रै अग्लुङ्ग वडा कार्यलय सम्म ग्राबेल गरेर पुर्याउने उहाको प्रतिबद्धता समेत रहेको बताउनु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।