२०८१ फाल्गुन ५ सोमबार
२०८१ फाल्गुन ५ सोमबार

कञ्चनपुरमा वडाध्यक्ष कार्यकक्षमै कुटिए

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि कार्यकक्षमै कुटपिट भएको छ । आइतबार नेपाल तरुण दल शुक्लाफाँटा नगरपालिका-८ का वडा सभापति नारद ठगुन्ना सहितको टोलीले अध्यक्षमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

‘आक्रमणको कारण अझै खुल्न सकेको छैन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले भने, ‘हामी अनुसन्धानमा छौँ । ’

कांग्रेस वडा सभापति ठगुन्नाले आफ्नो आफन्तलाई किन कुटपिट गरेको भन्दै वडाध्यक्षमाथि हातपात गरेको स्थानीयले बताएका छन् ।

तरुण दल शुक्लफाँटा नगरपालिका नगर सभापति ज्ञानेन्द्र बहादुर सिंहले भने वडाध्यक्षले पहिले हातपात गरेपछि दोहोरो कुटाकुट भएको बताए ।

‘हिजो एकजना स्थानीयलाई वडाध्यक्षले कुटे । उहाँले विना कारण किन कुट्नु भयो भने छलफल गर्न गएका थियौँ,’ उनले भने, ‘त्यहाँ पनि अध्यक्षले नै पहिले हातपात गरेका हुन् । त्यसपछि झगडा भयो ।’

कार्यकक्षमा भएको आक्रमणबाट वडाध्यक्ष महरा घाइते भएका छन् । उनलाई अहिले कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ । उनले आफू माथि कार्यकक्षमै विना कारण निर्घात कुटपिट भएको बताएका छन् ।

‘ममाथि निर्घात कुटपिट भयो,’ उनले अनलाइनखबरसँग भने, ‘शरीरका बिभिन्न ठाउँमा चोट छ ।’

प्रहरीले अध्यक्षमाथि हातपात गर्ने ६ जनालाई पक्राउ गरेको जनाएको छ ।

‘वडाध्यक्षलाई हातपात गर्ने र कुटपिट गर्ने ६ जना पक्राउ परेका छन्,’ प्रवक्ता थापाले भने, ‘थप अनुसन्धान हुँदैछ । ’

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।