२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

देशभर चिसो बढ्यो : न्यूनतम तापक्रम अझै घट्ने क्रम जारी

देशभरी नै चिसो ह्वात्तै बढेको छ । देशैभर न्यूनतमसँगै अधिकतम तापक्रम घटेपछि चिसो ह्वात्तै बढेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पाँच दिनमा देशभर न्यूनतम तापक्रम ३ देखि ११ डिग्री सेल्सियससम्म घटेको छ ।

गत बिहीबार न्यूनतम तापक्रम १५ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको नेपालगन्जको मंगलबारको तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ।

यस्तै मंगलबार जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । यसअघि गत बिहीबार जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ६ डिग्री सेल्सियस थियो ।

यस्तै गत बिहीबार ९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको मंगलबारको तापक्रम यो वर्षकै कम ३ डिग्री सेल्सियसमा झरेको थियो । बुधबार बिहान भने थोरै बढेर काठमाडौंको तापक्रम ३ दशमलव ५ डिग्री मापन गरिएको महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिए । तर पौने ८ बजेसम्ममा यो तापक्रममा गिरावट आउन सक्ने उनको अनुमान छ ।

अहिले देशमा पश्चिमी वायुको आंशिक र अरब सागरमा रहेको न्युनचापीय क्षेत्रको प्रभावले प्रदेश २ र बागमती प्रदेशका भू–भागहरुमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केही भू–भागहरुमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो प्रदेश १, २ र गण्डकी प्रदेशका भू–भागमा आँशिक देखि सामान्य बदली हुने र अरु ठाउँको मौसम आंशिक बदली रहनेछ ।

यस्तै राति देशको पहाडी भू–भागहरुमा आँशिक बदली भए पनि अरु ठाउँको मौसम सामान्यतया सफा रहनेछ । राति आकाश खुले बिहान न्यूनतम तापक्रम घटेर चिसो बढ्नेछ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।