२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

ओलीको स्वेच्छाचारी कदम, मदन भण्डारी माथिको प्रहार भएको नेता रावलको आरोप

सरकारले संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा थप किचलो बढेको छ।

पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले सरकारको कदमलाई प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमको संघा दिँदै ओलीले पार्टी कमिटीको बैठकमा जवाफ दिनुपर्ने बताए।

‘यो प्रधानमन्त्रीको स्वेच्छाचारी कदम हो । पार्टीको बैठक भइरहेको बेला अध्यादेश ल्याउनु अत्यन्त आपत्तीजनक छ। फिर्ता हुनुपर्छ,’ उनले भने, ‘संविधान बनाउनुपर्ने बेलामा संवैधानिक परिषदको निश्पक्षता हुनुपर्छ भनेका थियौं। त्यसको नेतृत्व मदन भण्डारी कामरेडले गर्नुभएको थियो। उहाँले (प्रधानमन्त्री ओली) मदन भण्डारी माथि प्रहार गर्नुभयो।’

नेता रावलले भोलीको बैठकमा ओलीले यस बारेमा जवाफ दिनुपर्ने बताए। नेकपाको जारी स्थायी कमिटीको बैठक भोली (बुधवार) बस्दै छ। अर्को तर्फ अध्यादेश पछिको राजनीतिक अवस्था वारे परामर्श गर्न प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुलाई बालुवाटार बोलाएका छन्।

अर्को तर्फ प्रचण्ड नेपाल समूह पनि छलफलमा जुटेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।