२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

कृष्णपुरका ४ सहित सेती प्रयोगशालामा आज ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि

 सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज गरिएको परीक्षणमा ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ९३ स्वाब नमूना परीक्षण गर्दा १५ महिला र २९ पुरुष गरी ४४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आज धनगढी उपमहानगरपालिकाका सबैभन्दा बढी १६, लम्किचुहा नगरपालिकाका ४, गोदावरी नगरपालिकाका २, गारीगगाा नगरपालिका र कैलाली गाउपालिकाका १/१ जना र स्थानिय तह नखुलेका ५ जनामा कोरोना पुष्टि भएको उनले जानकारी दीए ।

यस्तै कन्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, कृष्णपुर नगरापालिका र बेलौरी नगरपालिकाका ४/४ जनामा संक्रमित पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।