२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

राष्ट्रिय परिचय–पत्र वितरण शुरु

चितवनमा सोमबारदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज आयोजित कार्यक्रममा गृहमन्त्री थापाले तीन जनालाई परिचयपत्र हस्तान्तरण गरे । सो अवसरमा मन्त्री थापाले हरेक मानिसको अभिलेखीकरणका लागि परिचयपत्र अति आवश्यक भएकाले सरकारले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीब्रता दिने बताए ।

परिचयपत्रले देशमा शान्ति सुरक्षाको क्षेत्रमा पनि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । दुई वर्षभित्र सम्पूर्ण नेपालीको हातहातमा परिचयपत्र पुगिसक्ने मन्त्री थापाले बताए ।

अब जिल्लाको माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा परिचयपत्रका लागि तथ्याङ्क सङ्कलनको काम बाँकी छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।