नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारकै प्रधानमन्त्री केपी शर्मा ओली राजावादीसँग मिलेको आशंका गरेका छन् ।



सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताउदै भने ‘कसैलाई भ्रम नहोस्, राजा आउने छैनन् ।’
अहिलेको सरकारले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको भन्दै सरकारको आलोचना गरे । प्रधानमन्त्रीलाई कोरोनाविरुद्धको लडाइँमा विना शर्त सहयोग हुन्छ भनेको स्मरण गर्दै देउवाले तर कोरोना शीर्षकमा पनि भ्रष्टाचार भएको आरोप लगाए ।
Views: 161

























