२०८१ चैत्र १५ शुक्रबार
२०८१ चैत्र १५ शुक्रबार

शुक्लाफाँटामा लायन्स द्वारा वृक्षारोपण अभियान शुरू

कंचनपुरकाे शुक्लाफाँटा नगरपालिकामा लायन्स क्लव महेन्द्रनगर झलारिले द्वारा वृक्षारोपण अभियानको थालनी गरेकाेछ।शनिबार वैजनाथ मन्दिर झलारिमा वृक्षारोपणगरि अभियानको सुभारम्भ गरिएको हाे।

मन्दिर क्षेत्रलाई साेभायमान वनाउन धार्मिक अास्थासंग जाेडिएका २३ प्रजातिका दुर्लभ वहुमुल्य बिरुवा रुद्राक्ष,श्री खण्ड,सुपारी,अमला,रक्तचन्दन,वेल,कपुर,तराई स्याउ,शमि,अशाेक,र मलेसियन सालका बिरुवा संगै विभिन्न प्रजातिका फुलका बिरुवा राेपिएकाे लायन्स क्लबका अध्यक्ष खगेन्द्र प्रसाद पाण्डेयले जनाए।

बिरुवा रोपनु मात्रै नभएर राेपेका विरूवालाई शतप्रतिसत संरक्षणमा विशेष ध्यान दिईने उनले जिकिर गरे।

प्राकृतिक रमणीय वातावरणकाे सिर्जनाका लागि बिरुवा राेपण अभियान संचालन गरेकाे वताउदै पाण्डेयले दोस्रो चरणमा महेन्द्रराजमार्ग झलारिकाे दाँयावाया खालि रहेकाे ठाँउमा तारजालि सहित बिरुवा राेपण गरिने भन्दै उनले ग्रीन झलारि क्लिन झलारि वनाउने क्वकाे अभियानमा सराेकारवालाकाे सहयाेग संग हातेमालो गरि अगाडि वढ्ने याेजनामा छाै।क्लबले एक सय एक बिरुवा लगाउने अभियान अगाडि वढाएकाे हुदा नागरिकको साथ सहयाेग अावश्यक रहेकाे अध्यक्ष पाण्डेयलेले वताए।

वृक्षारोपण अभियानमा शुक्लाफाँटा नगरपालिका १०नं वडा अध्यक्ष लाल वहादुर ऐर,पुर्व वडा अध्यक्ष तेज वहादुर शाह,डिस्टिक सल्लाहकार वसन्त राज पाण्डेय लगायतकाे उपस्थिति थियाे।

वातावरण संरक्षणकाे नारा दियर लायन्स क्लब डिस्टिक ३२५वि२ नेपालकाे देशभरि ११हजार१सय ११ बिरुवा वृक्षारोपण गर्ने कार्यक्रम अनुसारनै झलारिमा पनि वृक्षारोपण गरिएकाे संस्थाले जनाएको छ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।