दिपक ओझा/अत्तरिया – अत्तरियामा सिठ्ठि जुलुस निकालिएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) कैलाली क्षेत्र नम्बर – ४ को आयोजनामा अत्तरियामा सिठ्ठि जुलुस निकालिएको हो ।



अत्तरिया बजार परिक्रमा गर्दै निकालिएको सिठ्ठि जुलुसमा सहभागिहरुले ‘सर्वसत्तावादी ओली सरकार मुर्दावाद’, ‘तनहु घटनाका सम्बन्धमा जनता सामु माफी माग’, ‘कोरोनाका नाममा पनि भष्टाचार कति निर्लज्ज ओली सरकार’, ‘ओली सरकारको उपहार हत्या हिंसा, बलात्कार’ लेखिएका व्यानर बोकेका थिए ।
नेपाली कांग्रेसले सोमबार गर्न लागेको सरकार विरुद्धको देशव्यापी प्रदर्शनको अघिल्लो दिन नेविसंघले अत्तरियामा सिठ्ठि जुलुन निकालेको विद्यार्थी नेता पदम ओझाले बताए ।
कोषसभालाई कैलाली क्षेत्र नम्बर – ४ का क्षेत्रिय सभापती गणेश शाह, युवा नेता कमल कडायत, तरुण दलका संङ्कर खड्का, नेल्टा कैलालीका जिल्ला अध्यक्ष हंस बुढा, विद्यार्थी नेता पदम ओझा लगायतले सम्बोधन गरेका थिए ।

























