२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

गाैतम बुद्ध क्रिकेट : वाग्मतीलाई हराउँदै राप्ती फाइनलमा

गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा वाग्मतीलाई हराउँदै राप्ती फाइनलमा पुगेको छ । भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना मैदानमा राप्तीले वाग्मतीलाई ११ रनले हरायाे । एक सय ३० रनको लक्ष्य पछ्याएको वाग्मती दुई बल बाँकी छदै अलआउट भयो ।

वाग्मतीका सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । यस्तै अनिल शाहले २२ रन जोडे । रोहित पौडेल र ज्ञानेन्द्र मल्लले समान १३–१३ रन बनाउँदा सुनिल धमलाले ११ रनको योगदान गरे । 

राप्तीका कमल सिंह ऐरी, अविनास बोहरा र वसन्त कार्कीले समान दुई–दुई विकेट लिए । राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय २९ रन बनाएको थियो । 

जितसँगै राप्ती एक खेलअघि नै फाइनलमा पुगेको छ । हारपछि वाग्मती भने प्रतियोगिताबाटै बाहिरिएको छ । अब राप्तीले फाइनलमा मङ्गलबार नारायणी टिमसँग खेल्नेछ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।