२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

नेपालमा थप ८३० जना कोरोना संक्रमित भेटिए

नेपालमा थप ८३० जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आइतबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

 पछिल्लो २४ घण्टामा ५ हजार १८१ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ३१ हजार ४१ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५१६ रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म कुल संक्रमितमध्ये १० हजार ९९४ जना सक्रिय संक्रमित छन्। 

आज १५०० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।