२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

संक्रमणबाट पोखरामा थप दुईको मृत्यु

कास्की । पोखरामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखराकी एक महिला र तनहुँका एक पुरुष रहेका छन् ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको म्याग्दे गाउँपालिका २ का ६० वर्षीय पुरुषको आइतबार बिहान उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको हो । उनमा मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पोखरा महानगरपालिका १७ की ७४ वर्षीय कोरोना संक्रमित महिलाको पनि मंसिर २७ गते बेलुका उपचारका क्रममा मृत्यु भएको थियो। मंसिर २६ गते कोरोना संक्रमण भएपछि मणिपाल अस्पतालमा उपचार गराइरहेकी उनको शनिबार बेलुका मृत्यु भएको हो ।

आज थपिएका २ जनासँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८४ पुगेको स्वास्थ्य निदेशनालय गण्डकीले जानकारी दिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।