२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

ब्वाइफ्रेण्डले बिहे गर्न ढिलो गरेको युवतीले हालिन् मुद्दा

८ वर्षसम्मको प्रेम सम्बन्धपछि पनि ब्वाइफ्रेण्डले विवाह नगरेपछि एक युवतीले अदालतमा मुद्दा हालिदिएकी छिन् । युवतीले ब्वाइफ्रेण्डमाथि आफ्नो समय बर्बाद गरिदिएको आरोप लगाएकी छिन् । युवतीको उमेर २६ वर्ष छ । घटना जाम्बियाको हो ।

म्वेबान्टुको रिपोर्टअनुसार युवतीले आफ्ना ब्वाइफ्रेण्ड कहिल्यै गम्भीर नभएको आरोप लगाएकी छिन् । युवतीले आफ्नो भविष्य अब अगाडि के हुन्छ भन्ने कुरा आफूलाई जान्ने अधिकार भएको दावी गरिेकी छिन् । २६ वर्षकी यी युवतीको नाम गरट्रुडे नगमा हो ।

ब्वाइफ्रेण्ड हर्बर्ट सलालिकीको उमेर २८ वर्ष छ । नगमाका अनुसार यी ब्वाइफ्रेण्डबाट उनले एउटा बच्चा पनि जन्माइसकेकी छिन् र उनका ब्वाइफ्रेण्डले उनीसँग विवाह गर्ने बाचा गरेका थिए । ब्वाइफ्रेण्डले भने आफू आर्थिक कारणले अहिले बिहेको लागि तयार नभएको बताएका छन् ।

नगमाको दावीअनुसार उनका ब्वाइफ्रेण्डले स्थानीय परम्पराअनुसार उनको परिवारलाई दाइजोको रकम पनि दिइसकेका छन् । युवतीले अदालतमा आफू बिहेको प्रतिक्षा गरेर थाकिसकेको बताएकी छिन् । युवतीका अनुसार अब उनलाई आफ्ना ब्वाइफ्रेण्डको वफादारितामाथि शंका लाग्न लागेको छ । उनले सलालिकीको अर्कै युवतीसँग सम्बन्ध भएको आफूले थाहा पाएको उनले बताएकी छिन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।