२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

बझाङमा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्य

बझाङ- बझाङमा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घइते भएका छन् । तल्कोट गाउँपालिका ३ को किरकिट्या भन्ने स्थानमा शनिबार दिउँसो २ बजे बा ३ क ६०० नम्बरको नागार्जुन कष्ट्रक्सनको टिप्पर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका मजदुरहरु मनोज गाह मगर र मनोज भट्टको उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ भने चालक भरत धामी, सहचालक गोविन्द विष्ट र मजदुर नेत्रबहादुर अधिकारी सामान्य भएका छन् ।

घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । ट्रिपर करिब सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । सबैजना चैनपुर(ताक्लाकोट सडक खण्डका मजदुर रहेका जनाइएको छ । मृतक मनोज गाह मगर डडेल्धुरा आलिताल गाउँपालिका ८ हुन् भने् मनोज भट्ट कञ्चनपुर भिमदत्त नगरपालिका १९ का रहेका छन् ।

यस्तै टिप्पर चालक गोविन्द विष्ट कञ्चनपुरको शुक्लाफाँटा ११ का रहेका छन् । उनको बाँया खुट्ट्टा भाँचिएको जनाइएको छ । यस्तै सहचालक बझाङको बुंगल नगरपालिका २ भरत धामी र दाङ घोराही उपमहानगरपालिका ४ का नेत्रबहादुर अधिकारीको अवस्था सामान्य रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।