२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

अन्तरजातीय विवाह गरेको भन्दै आफ्नै दाईले गरे बहिनीको हत्या

जातीय भेदभावविरुद्ध कानुन बने पनि अहिलेसम्म अन्तरजातीय विवाहलाई सबैले स्वीकार गर्नसक्ने अवस्था छैन ।

अन्तरजातीय विवाह गरेको भन्दै एक दाईले आफ्नै बहिनीको हत्या गरेका छन् । हत्या मात्रै होइन, शवसमेत लुकाएका छन् ।

यो घटना भारतको हो । विवाहपछि घर भित्र्याउने भन्दै बोलाएर हत्या गरेको बुझिएको छ । उत्तर प्रदेशको मैनपुरी जिल्लामा यो घटना बुधबार भएको हो ।

मैनपुरीकी एक युवतीले आफूभन्दा कथित तल्लो जातका युवकसँग प्रेम विवाह गरेकी थिइन् । प्रेम विवाहपछि चिडिएका उनका दाईले माइतीमा भित्र्याउने भन्दै बोलाएका थिए । त्यसपछि आधा बाटैबाट घर नलिएर उनले हत्या गरेको प्रहरीले जनाएको छ ।

उनले यो हत्यामा आफ्ना अन्य भाइहरूको पनि सहयोग लिएका थिए । हत्यापछि शव नै गायब गरेको भन्ने युवतीका पतिको उजुरीपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ ।

अहिले प्रहरीले मैनपुरी पुगेर स्थानीय प्रहरीको समन्वयमा शवको खोजी गरिरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।