२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

चार करोडको लागतमा वडा कार्यालय निर्माण सम्पन्न

काठमाडौँ, २७ मंसिर । काठमाडौँ महानगरपालिका–१४ ले करीब रु चार करोडको लागतमा आफ्नो कार्यालय निर्माण सम्पन्न गरेको छ ।
कलङ्कीस्थित भाडामा कार्यालय सञ्चालन गर्दै आएको उक्त वडाले बल्खुुस्थित भुवनेश्वरी मन्दिर नजीक भवन निर्माण गरेको हो । दुुई वर्षको समयमा निर्माण भएको भवन २५३ वर्गमिटर क्षेत्रफलमा फैलिएको र चार तले छ ।

भूमिगत तलामा पार्किङको व्यवस्था गरिएको भवनमा अपाङ्गमैत्रीका साथै आकर्षक संरचनामा विकास गरिएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी प्राचीन वास्तुकला झल्कने आँखी झ्यालको प्रयोग गरिएको छ । भवनमा दर्ता चलानी, तालीम कक्ष, सेवाग्राहीको सुविधाका लागि विश्रामस्थल, जनप्रतिनिधिको कक्षलाई समेत व्यवस्थित गरिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा वडाध्यक्ष शोभा सापकोटाले भवनमा वास्तुपूजा गरी गृह प्रवेश गरे । भाडामा बसेको कार्यालय सानो र साँघुरो भएकाले सेवा प्रवाहमा समस्या भएको बताउँदै वडाध्यक्ष सापकोटाले केही दिनभित्र नयाँ भवनबाट सेवा सञ्चालन गरिने जानकारी दिए । रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।