न्यायाधीश बमकुमार श्रेष्ठको नेतृत्वमा आइतबार तोकिएको इजलासमा न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सदस्य छन् ।
उक्त इजलासले सरकारका तर्फबाट पेस भएको निवेदनको सुनुवाइ गरी फैसला पुनरावलोकन हुने वा नहुने आदेश गर्नेछ ।
तीन जनामध्ये श्रेष्ठ र ढुंगाना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरानिकट न्यायाधीश मानिन्छन् । रेग्मी भावी प्रधानन्यायाधीशको रोलक्रममा छन् ।
कान्तिपुर दैनिक बाट साभार
Views: 33