२०८३ भाद्र १६ मंगलवार
२०८३ भाद्र १६ मंगलवार

गुणस्तरहिन मास्क लगाउँदा छाला बिग्रनसक्छः चिकित्सक

गुणस्तरहिन मास्कको प्रयोगले अनुहारको छालामा विभिन्न समस्या देखिन सक्ने भन्दै गुणस्तरयुक्त मास्कमात्र प्रयोग गर्न चिकित्सकले सुझाएका छन् ।

कोरोना संक्रमणबाट बच्न मानिसहरुले मास्क लगाउनै पर्ने अवस्था रहेको र मास्कको धेरै माग हुँदा कम गुणस्तरको मास्कको प्रयोगले अनुहारको छालामा समस्याहरु देखिन सक्ने छाला तथा सौन्दर्य विशेषज्ञ डा। धर्मेन्द्र कर्णले बताए ।

उनले बजारमा पाइने कतिपय मास्कहरुमा तीन तह पनि नहुने गरेको र मास्कमा हुने तह नरम र गुणस्तरिय नभएको पनि बताए ।

डा। कर्णले गुणस्तरहिन मास्को प्रयोगले मानिसको अनुहारमा एलर्जी हुने, ओठ सुख्खा हुने, मास्क लगाएको भागमा रातो हुने, मास्क अड्काउदा काममा दुखाई बढ्ने, डन्डीफोहोरहरु आउने लगायतका समस्या हुने बताए ।

कोरोना संक्रमणबाट बच्न मास्क अनिवार्य हुने भएपनि अनुहारको छालाको लागि धेरै समय मास्क लगाउनु उपयुक्त नहुने डा कर्णले बताए ।

डा। कर्णले सम्भव भएसम्म कटनको तीन तहको मास्क प्रयोग गर्न सुझाव पनि दिए । उनले बालबालिकाहरुलाई बढी कसिलो मास्क लगाइदिदा उनीहरुको कान पाक्ने समस्या समेत देखिने भएकाले मास्क लगाउँदा बिषेश ध्यान दिनुपर्ने उल्लेख गरे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।