२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

फेसबूकविरुद्ध अमेरिकामा कानूनी लडाइँ शुरू

अमेरिकाका नियामकहरू र ४० जना महान्यायाधिवक्ताहरूले फेसबूकविरुद्ध लामै कानूनी लडाइँ लड्नका लागि कम्मर कसेका छन् ।

न्युयोर्ककी महान्याधिवक्ता लेइटिटिया जम्सले फेसबूकविरुद्ध दुईवटा मुद्दा दायर गरेकी छन् । उनले साना प्रतिस्पर्धीलाई कुल्चिने गरी प्रभुत्व तथा एकाधिकार जमाउने, प्रतिस्पर्धा गर्न नदिने र प्रयोगकर्तालाई दाउमा राख्ने काम गरेको आरोप फेसबूकमाथि लगाएकी छन् ।

फेसबूकले प्रतिस्पर्धीलाई किन्न वा मार्नका लागि व्यापक मात्रामा डेटा र पैसा उपयोग गरेको उनले बताइन् । फेसबूकले ह्वाट्सयाप र इन्स्टाग्राम बेच्नका लागि अदालतले आदेश नदिउन्जेल थकाइ नमार्ने उनले बताइन् ।

संघीय व्यापार आयोगले पनि फेसबूकको एकाधिकारविरुद्ध एक मुद्दा दायर गरेको छ । प्रतिस्पर्धी इन्स्टाग्रामलाई सन् २०१२ मा एक अर्ब डलर तिरेर मार्क जकरबर्गले किनेको आरोप उसले लगाएको छ ।

यो मुद्दा सफल भएर फेसबूकले ह्वाट्सयाप र इन्स्टाग्राम बेच्न परेछ भने सन् १९८४ पछि पहिलोपटक ठूलो कर्पोरेसनलाई टुक्रिनका लागि बाध्य बनाइएको हुनेछ । त्यतिखेर एटीयान्डटी कम्पनीलाई साना टेलिकम्युनिकेसन कम्पनीहरू बेच्न आदेश दिइएको थियो ।

जकरबर्गले आफ्नो साम्राज्य कायम राख्न लडाइँ लडिरहने भनी कर्मचारीहरूलाई बताएका छन् । ‘सरकारको आरोपप्रति हाम्रो विमति छ र हामी अदालतमा यसविरुद्ध लड्नेछौं,’ उनले भने । ‘हामी अन्य सेवाप्रदायकसँग प्रतिस्पर्धा गरिरहेका छौं र हामी स्वच्छ प्रतिस्पर्धा गर्ने गर्छौं ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।