बझाङ –बसको ठक्करबाट एक बालिकाको मृत्यु भए पछि बित्थडचिर गाउँपालिका–९ सुनकुडा तनावग्रस्त बनेको छ । चैनपुर देखी महेन्द्रनगर जादै गरेको ना ६ ख १७९५ नम्बरको बसले ठक्कर दिँदा २ वर्षीया बालिका दिपिका बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालय बझाङका डियसपी रुपक खड्काका अनुसार विहिबार बेलुका ६ः३० बजे तिर, बालिकाकि आमा र बालिका नजिकै रहेको कुखुरा फर्ममा कुखुरा लाई चारो दिएर ढोका लगाउने क्रममा बालिका सडकको बसको किनारमा बाट आउदै गर्दा बस चालकले नदेखे पछि ठक्कर दिएको हुनसक्ने अनुमान गरीएको छ ।
घाइते भएकी बालिकाको उपचारका लागि धनगडी लैजादै गर्दा बाटोमा मृत्यु भएपछि सुनकुडा तनावग्रस्त बनेको हो । बालिकाको मृत्यृपछि आक्रसित बनेका त्यहाँका स्थानियले गाडि चालकको लापरवाहिले दुर्घना भएको भन्दै पिडित पक्षले उचित क्षतिपुर्ति नपाए सम्म कुनै सवारी साधान चल्न नदिने भनि सडक अबरोध गरेका छन् । अहिले पिडि पक्ष र यातायार व्यवसायि समिति बसेर छलफल भइररहेको भने चालक दिपक बोहोरा र बसलाइ स्याडी प्रहरी चौकीले नियन्त्रणमा लिएर थप अनुसन्धानको लागी प्रहरीले जनाएको छ ।

























