२०८१ फाल्गुन ७ बुधबार
२०८१ फाल्गुन ७ बुधबार

धनगढी–अत्तरिया ६ लेन सडकमा आकासे पुल पनि बन्ने

धनगढी : मोहनापुलदेखि धनगढी हुँदै अत्तीरया जोड्ने ६ लेन सडकमा आकासे पुल निर्माणका लागि प्रक्रिया अगाडी बढाइएको छ। मोहना–अत्तरिया सडक आयोजना कार्यालय धनगढीको आग्रहमा सडक विभागले प्रक्रिया अगाडी बढाएको हो ।

मोहनापुलदेखि अत्तरियसम्मको सडकको चापलाई हेरेर आकासे पुल समेत निर्माण गर्न प्रक्रिया अगाडि बढाईएको आयोजना प्रमुख होमबहादुर एसीले जानकारी दिए। 

आकासे पुलका लागि चालु आर्थिक बर्षमा कार्यक्रम रहेको बताउँदै उनले भने, ‘आकासे पुलका लागि कार्यक्रम रहेको छ। विभागको अनुगमन पछि कति र कुन ठाउँमा राख्ने निर्णय हुने छ।’

उनका अनुसार धनगढीको ट्राफिक चौराह लगायत बढि भीडभाड हुने क्षेत्रमा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढेको हो। उनले आकासे पुल निर्माणका लागि विभागले नै सर्वे टोली पठाउने तयारी गरेको बताए। 

मोहना अत्तरिया सडक आयोजनाका अनुसार निर्माणका भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ। एक नम्बर प्याकेजका लागि आगामि मंसिर ६ गते , २ र ३ नम्बर प्याकेजका लागि आगामि माघ १६ गते सम्म म्याद थप भएको छ।

मोहना–अत्तरिया सडकमा सुरुमा ३ वटा पुल निर्माण गर्ने सम्झौता भएकोमा दुई वटा मात्र पुल निर्माणका लागि पनि प्रक्रिया अगाडि बढिसकेको छ। 

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।