२०८१ आश्विन १ मंगलवार
२०८१ आश्विन १ मंगलवार

एकल महिलालाई सोलार

गरिब, विपन्न तथा समस्यमा परेका एकल महिलालाई नलगाड नगरपालिकाले सोलार वितरण गरेको छ। तेह्र वडाका २६ महिलालाई सोलार वितरण गरिएको छ। सबै वडाका दुई÷दुई जनालाई ८० वाटको सोलार वितरण गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए।

एकल महिलासँग उपप्रमुख कर्यक्रमअन्तर्गत सोलार वितरण गरिएको नगर प्रवक्ता राममाया हमालले बताए। एकल महिलाले अर्थाभावमा  छोराछोरी पढाउन सल्लीको दियालो प्रयोग गर्ने अवस्थालाई अन्त्य गर्न  विपन्नलाई सोलार वितरण गरेको उनले बताए।

प्रत्येक वडामा नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षको सहभागितामा सोलार वितरण गरिएको हो। अधिकांश गरिब परिवारमा अझै पनि सल्लीको दियालो भर पर्नुपर्ने अवस्था रहेको छ। आर्थिकरूपमा पछि परेका एकल महिलालाई छोेराछोरीको पढाइ, पालनपोषणमा तथा आधारभूत आवश्यकता पूरा गर्न समस्या परिरहेको छ। 

घरघरमा झण्डा

गर्भवतीलाई पोषिलो खाना र पहिचानका लागि घरघरमा झण्डा राखिएको छ।  नगरपालिकाले प्रत्येक वडामा रहेका गर्भवतीलाई पहिचान गरी पोषिला खानेकुरासहित घरघरमा झण्डा राखेर अण्डा , भाले तथा तेल सहयोग गरिएको छ।

नगरपालिकाभित्र रहेका ४५५ महिलाको घरमा झण्डा गाडिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए। त्यस्तै स्थानीय जातको तोरीको तेल, एक जोडी भालेपोथी कुखुरासमेत गर्भवती तथा सुत्केरी महिलालाई उपलब्ध गराउन लागिएको छ। गरिब, दलित, जनजाति र नियमित स्वास्थ्य जाँच गरेका महिलालाई मात्र यो सुविधा उपलब्ध गराइने उनले जानकारी दिए।

प्रत्येक वडाबाट ३५ जना पर्ने गरी सो सामग्री वितरण गरिएको छ। अझै पनि सामाजिक चेतनाको अभावले घरमै सुत्केरी हुने, आमा र बच्चाको ज्यानसमेत जोखिममा पर्ने भएकाले यस्तो अभियान थालिएको उनले जानकारी दिए। उक्त अभियानलाई प्रभावकारी बनाउन विद्यालय, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहलगायत स्वास्थ्य समूहलाई सचेतना कक्षा सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार बर्थिङ सेन्टरबाट टाढा रहेका र विपन्न गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्सको सुविधा उपलब्ध गराइने भएको छ। झण्डा अभियानले गर्भवतीले खुलेर आफ्ना समस्या स्वास्थ्यकर्मीसँग राख्नसक्ने स्वास्थ्यकर्मीले बताएका छन्।  उनले स्वास्थ्य संस्था वा बर्थिङ सेन्टरमै सुत्केरी गराउने यो एउटा सशक्त अभियान भएको भन्दै सबै गर्भवती महिला स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएको तथ्याङ्क बनाउन पनि सजिलो हुने बताए।

उनले स्वास्थ्य संस्थामा बच्चा जन्माए राज्यले उपलब्ध गराउँदै आएको एक हजार ४०० र न्यानो झोलावापत रु एक हजारसहित गाउँपालिकाले सुत्केरी पोषण भत्तावापत रु एक हजार दिने भएकाले सबै गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी हुनसमेत आग्रह गरे।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।