धनगढी, २४ मंसिर । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित पुष्पराज कुँवरलाई अत्तरियामा सम्मान गरिएको छ ।



महासंघको ५४ औं साधारण सभामा सुदूपश्चिम प्रदेशको तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित कुवँरलाई अत्तरिया उद्योग बाणिज्य संघले सम्मान गरेको हो ।
अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाको अध्यक्षतामा भएको स्वागत तथा बधाई कार्यक्रममा कार्यसमितिका पदाधिकारीहरुले कुँवरलाई सम्मान पत्र सहित फुलमाला र अबिरले स्वागत गरेका थिए ।
स्वागत तथा बधाई कार्यक्रममा बोल्दै केन्द्रीय सदस्यमा निर्वाचित कुँवरले नेपाल उद्योग बाणिज्य महासंघ उद्योग व्यवसायीका हक अधिकारको संरक्षणका लागि लागिपर्ने बताए ।
उनले सुदूरपश्चिममा अधिकान्स साना तथा घरेलु उद्योग भएकाले उनीहरुको समस्या सामाधानका लागि आफू केन्द्रमा पहल गर्ने बताए ।
उनले सुदूरपश्चिमको नाकाको समस्या, औद्योगिक क्षेत्रको समस्या, औद्योगित विकासका कुरामा आफूले आवाज उठाउने बताए ।
अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष देवकोटाले नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित कुँवर बधाई ज्ञापन गर्दै यस क्षेत्रका उद्योग व्यवसायिका समस्या सामाधानका लागि केन्द्रमा पहल हुनेमा आफू विश्वस्त रहेको बताए ।

























