२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

‘मृत्युदर फरक पर्न सक्छ’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शनिबारसम्म १८ जना भर्ना छन् । ५ जनामा कोरानाको लक्षण देखिएको छ । निमोनियाको समस्यासमेत भएका एक जना आईसीयूमा छन् । जँचाउन आउनेहरूले केही दिनअघि ज्वरोलगायत लक्षण देखिएको भनेर समेत सुनाउने गरेका सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलाले बताए ।

भाइरोलोजिस्ट डा. पाण्डे वीरगन्जमा पनि लक्षण भएका कोरोना संक्रमित बढेको बताउँछन् । ‘१० दिन अगाडिसम्म सबैजसो बिरामी बिनालक्षणका थिए, हाल ४० देखि ६० प्रतिशतसम्म लक्षण देखिएको छ,’ वीरगन्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले भने, ‘ज्वरो, खोकी, स्वासमा समस्या, पखाला, जीउ दुख्ने, गल्नेलगायत लक्षण देखिने गरेका छन् ।’

धेरैजसो संक्रमितमा मधुरो लक्षण छ भने कतिपयमा कोरोना पोजिटिभ पुष्टि भइसकेपछि लक्षण देखिएको छ । पर्सामा मृत्युको संख्यामा समेत वृद्घि भएको छ । धनुषा जिल्लाका आइसोलेसन संयोजक डा. जामुन सिंहका अनुसार कोभिड विशेष अस्पताल जनकपुरमा हाल दिनहुँ एक–दुई जना लक्षणसहितका संक्रमित आइरहेका छन् । ‘खोकी, ज्वरो, दमलगायत कोभिडको लक्षण भएका बिरामी २० प्रतिशत हुने गरेका छन्,’ उनले भने ।

केही दिनअघि लक्षणविहीन कोरोना बिरामी आउने गरे पनि हाल लक्षणसहितको संक्रमित आउन थालेको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जित झाले बताए । ‘हाल करिब १५ प्रतिशतसम्म लक्षण भएका कोरोना संक्रमित देखिन थालेको छ । सास फर्न गाह्रो हुने र खोकी लाग्नेजस्ता लक्षण मुख्य रूपमा देखिएको छ,’ उनले भने ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको मुख्य लक्षण ज्वरो, सुक्खा खोकी र थकान हो । यसका अन्य लक्षणहरूमा जीउ दुख्नु, नाक बन्द हुनु, टाउको दुख्नु, आँखा दुखेर सुन्निनु,

घाँटी दुख्नु, पखाला लाग्नु, स्वाद वा सुँघ्ने क्षमतामा कमी हुनु, छालामा बिमिरा आउनु, हार खुट्टाका औंलाको रङ परिवर्तन हुनुलगायत छन् ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।