२०८३ बैशाख २६ शनिबार
२०८३ बैशाख २६ शनिबार

साझा र विवेकशील बीच एकता, निर्विकल्प पार्टी बनाउने दाबी

अलग भएको २२ महिनापछि साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन् ।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ र चुनाव चिन्ह तराजु रहनेछ । एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे छन् ।

१३० सदस्यीय केन्द्रीय समितिमा दुबै पक्षबाट ६५र६५ जना रहनेछन् । केन्द्रीय समितिको पहिलो बैठकले दुबै पक्षबाट १३र१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।

एकीकृत पार्टीका संरचनाहरु गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सक्ने र ६ महिनाभित्र एकता महाधिवेशन गर्ने एकता घोषणापत्रमा उल्लेख छ ।

यसअघि ११ साउन २०७४ मा तत्कालीन दुई पार्टीको एकता भएको थियो भने २७ पुस २०७५ मा फुटेका थिए । दुबै पक्षको कमजोरीका कारण त्यसबेला राजनीतिक दुर्घटना भएको भन्दै अध्यक्ष मिश्र र संयोजक पाण्डेले अब विकेकशील साझा पार्टीलाई वैकल्पिक होइन, निर्विकल्प पार्टी बनाउने दाबी गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।