२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

कोरोना मुक्त भए बैतडीका चार स्थानीय तह

बैतडी, २४ मंसिर । बैतडीका १० स्थानीय तहमध्ये ४ स्थानीय तह हाललाई कोरोना सक्रिय संक्रमित शून्य रहेका छन्। जिल्लाको मैलौली नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका सक्रिय संक्रमित शून्य रहेका हुन्।

यी स्थानीय तहहरुमा हाल एक जना पनि कोरोनाका सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।

मेलौलीमा हालसम्म ४७ ,सिगासमा ५५,पञ्चेश्वरमा ६३ र शिवनाथमा ५१ जनामा कोरोना पुष्टि हुँदा सबैले कोरोना जितेका हुन्। बैतडीमा हालससम्म ५ सय ७७ जनामा संक्रमण पुष्टि हुँदा ६ स्थानीय तहमा ६८ जना मात्रै सक्रिय संक्रमित रहेका छन्।

सबैभन्दा बढी दरशथचन्द नगरपालिकामा ४६, डिलाशैनी गाउँपालिकामा १७, पुर्चौडी नगरपालिकामा २, पाटन नगरपालिकामा १ ,सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा १÷१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन।

जिल्लामा ५ सय ८ जनाले कोरोना जितेका छन भने १ जनाको मृत्यु भइसकेको छ। बैतडीमा गत जेठ ९ गते पहिलोपटक एक थुनुवामा कोरोना संक्रमण देखिएको थियो।

४ पत्रकारलाई पनि कोरोना

बैतडीमा हालसम्म ४ पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेहरुमा रेडियो निङ्गलाशैनीका स्टेसन म्यानेजर भगीरथ अवस्थी, लेखापाल जयराज अवस्थी, नागरिक दैनिकका समाचारदाता बिरा गडाल र एभिन्युज टेलिभिजनका संवाददाता लोकेश साउद रहेका छन्।

संक्रमित ४ जनामध्ये १ जनले कोरोना जितिसकेको छन् भने ३ जना सक्रिय अवस्थामै रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। पत्रकार साउदले कोरोना जितिसकेको छन् भने अन्य ३ जना सक्रिय अवस्थामै रहेका छन्।

सक्रिय संक्रमित पत्रकारहरु सबै होम आइसोलेसनमा रहेका छन्। उनीहरु सबैको अवस्था सामान्य रहेको छ। अग्रपंक्तिमा खटिने पत्रकारलाई कोरोना देखिँदासमेत राज्यको तर्फबाट कुनै सेवासुविधा उपलब्ध नभएको पत्रकार महासंघ बैतडीका अध्यक्ष प्रेम भाटको गुनासो रहेको छ।

जनताका पिरमर्का तथा समाचार संकलनका लागि जोखिम मोलेर काम गरिरहेको पत्रकारहरुका लागि सरकारले राहतका कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।